२ श्रावण २०८३, शनिबार

३१ दिनमा सकियो ‘मोदीबेनी’को छायांकन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । फिल्म ‘मोदीबेनी’को छायांकन ३१ दिनमा पूरा भएको छ । पर्वतको फलेबासमा बुधबार फिल्मका प्रमुख कलाकार वर्षा शिवाकोटी र प्रविण खतिवडाको अन्तिम सट खिच्दै सुटिङ समापन भएको घोषण गरिएको हो ।

फिल्मको दुई चरणमा काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा छायांकन गरिएको थियो ।

निर्माण पक्षका अनुसार फिल्मले ३५–४० वर्ष पहिलेको र वर्तमानको कथालाई मिश्रण गरी पर्वतको मोदीबेनी क्षेत्रको कथा बोल्नेछ ।

शंकर कोइराला निर्देशित फिल्ममा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा आनन्द विक्रम क्षेत्रीको लेखन छ । फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता हुनुहुन्छ ।