शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पुर्ण सुविधा छ

दैनिक नेपाल २०८० चैत ८ गते १०:४५

न्युयोर्क, ८ फागुन । मानिसको जीवनमा रुनु र हाँस्नु निरन्तर रहन्छ ।

मान्छेको जिवनमा कहिले खुशी आउँदा खुशीले हाँस्न थाल्छ भने कहिले दुखको बेला मान्छे दुखी हुन्छ र यस्तो अवस्थामा आँखाबाट आँसु आउँछ ।

तर, कहिलेकाहीँ यस्तो हुन्छ कि मानिसहरु रुन चाहन्छन् तर अरुलाई देखाउन चाहदैनन् कि उनीहरु रुदैँछन् । अब यस्तो अवस्थामा के गर्ने ? यो उनीहरुका लागि ठूलो प्रश्न बनेको छ तर अमेरिकाका एक व्यक्तिले यो प्रश्नको जवाफ फेला पारेका छन् ।

वास्तवमा, उनले यस्तो पार्लर बनाएका छन् जहाँ मानिसहरू आएर आँसु बगाउन सक्छन् र आफ्नो रिस बाहिर निकाल्न सक्छन्।

अमेरिकाको न्युयोर्क शहरमा यो अनौठो पार्लर खुलेको छ जसको नाम  ‘सोब पार्लर’ हो । यस पार्लरमा प्राइभेट क्राइ रुम बनाइएको छ, जहाँ रुने सुविधा उपलब्ध छ । यस कोठामा गएर एक व्यक्ति आफ्नो हृदयको सन्तुष्टि रून र आफ्नो मन हल्का गर्न सक्छ ।

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार यो अनौठो पार्लर गत वर्ष एन्थोनी विलोट्टी नामका व्यक्तिले सुरु गरेका थिए । एन्थोनीका अनुसार आजकल अधिकांश मानिस तनावको समस्यासँग जुधिरहेका छन् । कोही घरको समस्याले तनावग्रस्त हुन्छन् भने कोही अफिसको तनावबाट ग्रसित हुन्छन् । त्यसैगरी कतिपय मानिसहरु आफ्नो सम्बन्धका कारण तनावमा पनि हुन्छन् ।

यस्तो अवस्थामा उनीहरूलाई रुन मन लाग्छ किनभने वैज्ञानिकहरू पनि भन्छन् कि रोएर मुटुलाई हल्का बनाउँछ र तनाव कम गर्न मद्दत गर्छ। यही सोचेर एन्थोनीले यो पार्लर खोलेका थिए ।

उनको ‘सोब पार्लर’ मा तनावबाट पीडित मानिसहरु मात्र आउने गर्छन । र, विशेषगरी घर वा अफिसको तनावमा परेका वा नराम्रो सम्बन्धका कारण तनावमा परेकाहरु आउने उनको भनाइ छ ।

रिपोर्टका अनुसार ‘सोब पार्लर’को क्राइ रुममा आँखामा आँसु ल्याउने ऐना र तकियाजस्ता कुराहरू राखिएका छन् र साथसाथै यहाँ भावुक गीतहरू पनि सुन्न सकिन्छ । एन्थोनी भन्छन्, ‘यहाँ आएपछि कतिपयलाई १० मिनेट रोएर मात्र सान्त्वना मिल्छ भने केहीले अलि बढी समय लिने गर्छन् । सोब पार्लरको माहौल यस्तो छ कि रोए जस्तो पनि भैरहेको हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित