२१ जेष्ठ २०८३, बिहिबार

शाहरूखको रेकर्ड तोड्दै अजय देवगन, जसको १४ फिल्मले कटायो १०० करोड

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, ७ चैत । शैतानले १०० करोडको किर्तिमानी कमाइ गरेको छ । योसँगै अजय देवगनको नाममा दुई कीर्तिमान पनि बनेको छ ।

भारतीय समाचार माध्यमका अनुसार  ‘शैतान’ १०० करोड क्लबमा सामेल भएपछि अजयको यो फिल्म १०० करोड कमाउने उनको करियरको १४औँ फिल्म बनेको छ ।

यससँगै अजयले यस मामिलामा बलिउडका किंग खान अर्थात् शाहरुख खानलाई निकै पछाडी छाडेका छन् । ध्यान दिनुपर्ने कुरा के छ भने सबैभन्दा धेरै १०० करोड फिल्म दिने मामिलामा सलमान खान पहिलो नम्बरमा छन्, उनले १७ वटा फिल्मलाई १०० करोडको क्लबमा रखाउन सफल भएका छन् ।

यसैगरी, अक्षय कुमार यस लिस्टमा दोस्रो नम्बरमा छन्, उनले अहिलेसम्म १६ वटा फिल्मवाट कम्तिमा १६०० करोड कमाइदिएका छन् ।

यस्तो अवस्थामा अजय देवगन सबैभन्दा बढी १०० करोड कमाउने फिल्मको सूचीमा तेस्रो स्थानमा रहेको छन्, उनले शैतानसहित १४ वटा फिल्म १०० करोड क्लबमा पुर्‍याएका छन् ।

त्यसपछि मात्रै बलिउडका बादशाह शाहरुख खानको नाम आउँछ, उनी चौथोँ स्थानमा छन् ।