शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

फागु पूर्णिमामा कुन रंग कसलाई लगाउने ? जान्नुहोस्

दैनिक नेपाल २०८० चैत ७ गते ७:५२

काठमाडौं, ७ चैत । नेपाललाई चाडपर्वको देश भनिन्छ । फागु पूर्णिमा रंगहरुको पर्व हो, जसलाई बोलिचालीको भाषामा होली पनि भनिन्छ ।

बसन्तपुरमा चीर गाडेर लिंगो ठडाएपछि फागु पूर्णिमा सुरू भएको मानिन्छ, जो बसन्तपुर काठमाडौंमा ठडाइसकिएको छ ।

यसलाई खराबमाथि राम्रोको विजयको रूपमा मनाइन्छ । मानिसहरु यो पर्वको निकै उत्सुकताका साथ प्रतीक्षा गर्छन् । मानिसहरूले आफ्ना विगतका सबै गल्ती बिर्सेर एकअर्कासँग प्रेमका साथ होली खेल्छन्।

तिनीहरूले एकअर्कामा रङहरू धसेर रमाइलो गर्छन । धनी, गरिबी, उच्च वा नीच जस्तोसुकै भए पनि मानिसहरु यो दिन मिलेर होली खेल्छन् । हिन्दु धर्ममा पनि होलीको ठूलो महत्व रहेको छ । होलीको दिनमा प्रयोग हुने रंगको पनि विशेष महत्व हुन्छ । आउनुहोस् होलीका रंगहरूको महत्त्व के छ ? थाहा पाउनुहोस्।

खासमा आज हामी  कुन रङ कसलाई लगाउनुपर्छ ? भनेर जानकारी दिनेछौं ।

बालबालिकालाई रातो रंग:

होलीमा सबैभन्दा बढी प्रयोग हुने रंग रातो हो । रातो रंगको धेरै अर्थ हुन्छ । यो महत्वाकांक्षा, उत्साह, क्रोध, उत्साह, बहादुरी र साहसको प्रतीक हो । रातो रंग प्रेमीले पनि निकै मन पराउँछन् । रातो रंगको गुलाल होलीमा ऊर्जा प्रदान गर्दछ । होली पर्व धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण छ । धार्मिक कार्यमा पनि रातो रङको धेरै प्रयोग हुन्छ । होलीमा युवा र बालबालिकालाई रातो रंग लगाउन सकिन्छ ।

महिलाहरुलाई पहेँलो रंग:

पहेँलो रंगलाई खुशी र सम्मानको प्रतीक मानिन्छ । यो रंग होलीमा धेरै प्रयोग गरिन्छ । पहेँलो रंग लगाएपछि अनुहारमा पनि राम्रो देखिन्छ । त्यसैले दिदीबहिनी वा घरका अन्य महिलालाई पहेँलो रंग लगाउन सकिन्छ ।

अग्रजलाई हरियो रंग:

हरियो रंगलाई शीतलता, आराम, ताजगी र सकारात्मकताको प्रतीक मानिन्छ । हरियो रंग प्रकृतिसँग पनि जोडिएको हुन्छ । यो रंगले शारीरिक र मानसिक तनाव पनि कम गर्छ । हरियो रंगलाई भाग्यशाली र समृद्धि दिने पनि मानिन्छ । होलीको पर्वमा ठूला दाजुभाइ, आफन्त र आफूभन्दा ठूला जो कोहीलाई पनि हरियो रंग लगाउन सकिन्छ ।

साथीभाइलाई सुन्तला रंग:

सुन्तला रंगलाई सुख र सद्भावको प्रतीक मानिन्छ । होलीको दिन धेरैले एकअर्कालाई सुन्तला रंगको लगाउँछन् । तपाईं पनि आफ्नो नजिकका साथी र परिवारका सदस्यहरूलाई सुन्तला रंग लगाउन सक्नुहुन्छ, यसले सम्बन्धमा सद्भाव र खुशी बढाउँछ ।

प्रतिक्रिया
सम्बन्धित