सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

युवकको सुसाइड नोट- रवि दाई प्रधानमन्त्री भएको हेर्ने इच्छा थियो तर पूरा भएन

दैनिक नेपाल २०८० चैत ६ गते १६:२२

काठमाडौं, ६ चैत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवकले आत्महत्या गर्नुभएको छ ।

बुधबारदेखि सम्पर्कविहीन अछामको रामारोशन गाउँपालिका–४, बाटुलासेनका १८ वर्षीय मनोज खनालले झुण्डिएर आत्महत्या गर्नुभएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा आत्मत्या गरेको देखिएपनि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उहाँको गोजीबाट ‘सुसाइड नोट’ पनि फेला पारेको छ। मनोजले सुसाइड नोटमा गृहमन्त्री रवि लामिछाने, बुबा–आमा र भाइलाई सम्बोधन गर्नुभएको छ ।

उहाँले २०८४ सालमा रवि प्रधानन्त्री भएको हेर्ने इच्छा भएर तर नपाएको उल्लेख गर्नुभएको छ । गृहमन्त्री लामिछानेलाई आफ्नो परिवारलाई सान्त्वना दिन भन्दै आग्रह गर्दै उहाँले आफ्नो भाइको एमबीबीएस पढ्ने कित रवि लामिछाने जस्तै नेता बन्ने इच्छा रहेको र त्यो पूरा गरिदिन आग्रह गर्नुभएको छ ।

साथै उहाँले आफ्नो परिवारलाई सान्त्वना दिन पनि लामिछानेलाई आग्रह गर्नुभएको छ । उहाँले आफ्नो भाइलाई बुबा आमालाई सम्हाल्न र आफूलाई सम्झिएर नरून भन्नुभएको छ । सुसाइड नोटमा सबैसँग माफी मागिएको छ ।

परिवारको अवस्था अत्यन्तै नाजुक रहेको र त्यसैमाथि आफू मानसिक रोगको सिकार भएको नोटमा उल्लेख छ । सुसाइड नोट उहाँले नै लेखेको हो होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित