सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

काँग्रेसप्रति रविको टिप्प्णी- अनुसन्धान गर्दागर्दै कुर्सीबाट हटाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ?

दैनिक नेपाल २०८० चैत ६ गते १५:४१

काठमाडौं, ६ चैत । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काँग्रेसले राजीनामा माग्दैमा आफूले नदिने स्पष्ट पार्नुभएको छ ।

आजको संसद बैठकपछि संसद भवनमा पत्रकारहरूसँग कुरा गर्नुुहुँदै लामिछानेले आफू राजीनामा होइन काम गर्ने बताउनुभएको हो । उहाँले काँग्रेसले नैतिकताको कुरा गर्न नमिल्ने पनि टिप्पणी गर्नुभयो ।

‘यस्तो अभ्यास सिकाउन खोज्ने हो भने यसमा अडिइरहनका लागि म कांग्रेसलाई अनुरोध गर्छु । कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने जनताले बुझेका छन् । हामीले कामले जवाफ दिने हो । म भन्छु कांग्रेसले चार वर्ष संसद अवरुद्ध गरोस् । हाम्रो संयन्त्रले चार वर्ष काम गरोस्’, उहाँले भन्नुभयो, ‘देशमा अनियमितता गर्ने र अनुसन्धानलाई प्रभावित गर्ने, अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ? सुशासनको कुरा गर्ने ? चार वर्ष अवरुद्ध गरोस् । चार वर्षपछि यसैगरि अवरुद्ध भइरह्यो र यो संयन्त्रले मजाले काम गर्न पायो भने चार वर्षपछि के थाहा, धेरै मान्छे सदनमा हुँदै हुने छैनन् ।’

प्रतिक्रिया
सम्बन्धित