सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

आफू बस्ने सरकारी निवासमा आगजनी गर्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

दैनिक नेपाल २०८० चैत ६ गते १३:४४

काठमाडौं, ६ चैत । आफू बस्ने सरकारी निवासमा आगजनी गरेको आरोपमा दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ पर्नुभएको छ ।

गत फागुन २४ गते राति आफ्नो सरकारी निवासमा अज्ञात समूहले आगजनी गरेको र आफू झ्यालबाट हामफालेर बाँचेको भन्दै प्रमुख प्रशासकीय अधिकृत अधिकृत प्रहरीकोमा पुगेको थियो । तर अनुसन्धानका क्रममा अधिकारी आफैँले सरकारी निवासमा आगजनी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निवासमा आउँदा झ्यालको सिसा फुटेको र निवासभित्र आगलागी भइरहेको थियो । तर, प्रहरी अनुसन्धानमा घटनामा कुनै वाह्य व्यक्ति संलग्न भएको नभेटिएको बताइएको छ ।

सरकारी सम्पत्तिमा क्षति पुर्याएको भन्दै गाउँपालिकाले नै अधिकारीविरुद्ध जाहेरी दिएको छ । जाहेरीपछि उहाँलाई आइतबार पक्राउ गरिएको हो । उहाँमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित