
काठमाडौं, ६ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेलाई फसाउन खोजिरहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफूतिर नलागेको भन्दै काँग्रेसले सहकारीसँग सम्बन्धित नै नरहनुभएका लामिछानेलाई फसाउन खोजिरहेको बताउनुभएको छ ।
‘रवि लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफुतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ.’ ओलीले भन्नुभयो।
सहकारीमा आवद्व नै नभएको मान्छेले कसरी अनुसन्धानमा प्रभाव पार्छ भन्दै अध्यक्ष ओलीले प्रश्न पनि गर्नुभएको छ । ‘के उनी सहकारीमा छन् ? उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानबिनमा कसरी प्रभाव पर्छ ?’ अध्यक्ष ओलीले भन्नुभयो ।








प्रतिक्रिया