३० जेष्ठ २०८३, शनिबार

काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । रूकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना भएको छ ।

निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

२५ यात्रु घाइते हुनुभएको छ । बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

पूर्ण विवरण नआइसकेकाले मृतकको संख्या बढ्न सक्नेछ ।