३२ असार २०८३, बिहिबार

एक दलको बहुमत नहुँदा देश बर्बादीमा पर्‍यो : ईश्वर पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै एक दलको बहुमत नहुँदा देश बर्बादीमा परेको बताउनुभएको छ ।

सर्लाहीको बरहथवामा आइतबार एमाले सर्लाहीको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोध गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले कुनै पनि राजनीतिक दलसँग एकल बहुमत नहुँदा राजनीतिक स्थिरता कायम नभएर देश बर्बाद भएको बताउनुभएको हो ।

“कुनै दलसँग बहुमत नभएकाले अहिलेको स्थिति आएको हो,” उहाँले भन्नुभयो, “राजनीतिक स्थिरता कायम नभएसम्म यही अवस्था रहिरहन्छ ।”

उहाँले छ/छ महिनामा सरकार फेरिने समस्या दु:खद् रहेको धारणा व्यक्त गर्नुभयो । पोखरेलले २०८४ को निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभयो ।

आगामी निर्वाचनमा एमालेको लक्ष्य एकल बहुमत ल्याउने रहेकाले पार्टीका कार्यकर्तालाई जनतामाझ समस्या सुन्ने र त्यसको समाधान गर्ने काममा केन्द्रित हुन वरिष्ठ उपाध्यक्ष पोखरेलले निर्देशन दिनुभयो ।

एमाले मजबुत भएपछि देशले निकास पाउने उहाँले स्पष्ट पार्नुभयो ।