३० आश्विन २०८३, शुक्रबार

आइसीसी अध्यक्ष ग्रेग बार्क आज नेपाल आउँदै, यस्तो छ कार्यक्रम

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क आज नेपाल आउनुहुनेभएको छ ।

भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क आज सोमबार अपरान्ह काठमाडौं आइपुग्नुहुन्छ ।

उहाँ चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ ।

चार दिने नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री बर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ र क्रिकेट संघका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।

काठमाडौं आएपछि उहाँलाई क्यानले स्वागत गर्ने छ । यसैगरी मंगलबार क्यानका बोर्ड सदस्यहरुसँग छलफल गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको पनि भ्रमण गर्नुहुनेछ ।

यसैगरी, बुधबार उहाँलाई फाउन्टेन फ्लाइट गराउने तयारी क्यानले गरेको छ भने स्वयम्भू, पाटन दरबार स्क्वायर र बौद्ध स्तुपाको भ्रमण गर्नुहुनेछ ।

यसैगरी, मंगलबार नै प्रधानमन्त्री, अर्थमन्त्री, युवा तथा खेलकुदमन्त्री, राखेप सदस्यसचिवसहितको भेटवार्ता तय गरिएको छ ।

उहाँ बिहीबार बिहान काठमाडौंबाट नयाँ दिल्ली नै फिर्ता हुनुहनेछ । भारतमा शुक्रबारबाट सुरुहुन लागेको इन्डियन प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी भएर आफ्नो देश फिर्ता हुने जनाइएको छ ।

नेपाली क्रिकेट टिमले पछिल्लो समय हासिल गरेको सफलता पछि आइसीसीले पनि नेपालको क्रिकेट विकासबारे चासो राख्न थालेकाले अध्यक्ष बार्कको नेपाल भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।