९ असार २०८३, मंगलबार

एकतर्फी प्रेमले लियो सुष्माको ज्यान

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । शिवपुरी जंगलमा गत फागुन २४ गते साँझ गोकर्णेश्वर बस्ने १८ वर्षीया सुष्मा लामाको शव फेला पर्‍यो ।

सुष्मा गत माघ २२ देखि हराइरहनु भएको थियो । उहाँ हराएको भन्दै आफन्तजनले सुरुमा गोकर्णेश्वर —३ का वडाध्यक्ष मुरारीप्रसाद कुइँकेललगायत वडाका जनप्रतिनिधिहरूलाई खबर गर्नुभएको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरमाथि शिवपुरी राष्‍ट्रिय निकुञ्ज जंगलमा गाडेको अवस्थामा उहाँको शव फेला परेलगत्तै प्रहरीले अनुसन्धान सुरू गर्‍यो । यसैबीच प्रहरीले सुष्माको हत्या आरोपमा गोकर्णेश्वर नगरपालिका ३ का २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नुभएका रूपेन्द्रले एकतर्फी प्रेमका कारण सुष्माको हत्या गरेको बयान दिनुभएको छ । सुष्मासँग एकतर्फी प्रेममा रहेको तर सुष्माले मतलब नगरेका कारण रिसमा हत्या भएको प्रहरीको निष्कर्ष छ ।