७ असार २०८३, आइतबार

सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । प्रतिनिधि सभाको आइतबारको बैठकले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।आइतबार बसेको बैठकले जनमत पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको छ ।

प्रतिनिधि सभा सदस्य अन्सारीको ६० वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो ।

वि.सं. २०२० साल माघ १९ गते जन्मिनुभएकी अन्सारी २०७९ चैत १९ गते जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य चयन हुनुभएको थियो ।

शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।