
काठमाडौं, ३ चैत । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अहली साउदीलाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा अल नासरले अल अहलीलाई १-० गोल अन्तरले पराजति गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ६८औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका थिए । यो जितपछि अल नासरको २४ खेलमा ५६ अंक भएको छ । अल नासर शिर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडी रहेको छ । यद्यपी अल हिलाल एक खेल कम खेलको छ ।
त्यसैगरी अल अहलीको २४ खेलमा ४७ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।








प्रतिक्रिया