
काठमाडौं, ३ चैत । जवाफदेहिता निगरानी समितिको संयोजकमा अधिवक्ता राजुप्रसाद चापागाईं चयन हुनुभएको छ ।
समितिको शुक्रबार बसेको बैठकले निगरानी समितिको संयोजकमा अधिवक्ता चापागाईं र सहसंयोजनकमा मानवअधिकारकर्मी तथा सञ्चारकर्मी राजन कुइँकेल र अधिवक्ता रुक्मिणी महर्जनलाई चयन गरेको हो ।
द्वन्द्वोत्तर अवस्थामा सङ्क्रमणकालीन न्याय, कानुनी शासन र मानव अधिकारको प्रवर्द्धनका लागि हस्तक्षेपकारी भूमिका खेल्दै आएको समितिले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवक्ता चापागाईं संवैधानिक कानुन व्यवसायी मञ्चको पूर्वअध्यक्ष र जुरी–नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ । मानव अधिकारकर्मी तथा पत्रकार कुईंकेल एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष हुनुहुन्छ भने अधिवक्ता महर्जन त्रिभूवन विश्वविधालयमा कानुन सङ्कायमा उपप्राध्यापक हुनुहुन्छ ।
निगरानी समितिको शुक्रबारको बैठक पूर्वअध्यक्ष वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईको अध्यक्षतामा बसेको थियो ।









प्रतिक्रिया