३० जेष्ठ २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : सुन तस्करीमा संलग्नलाई सीआईबीले नै भगायो, पूर्वउपराष्ट्रपतिका छोरा पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीले नै गम्भीर त्रुटि गरेको पाइएको छ ।

सुन तस्करी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा सीआईबीले जानाजान गम्भीर त्रुटि गरेको उल्लेख गरिएको छ । कतिपय अभियुक्तलाई भगाइएको, कतिको बयान नै च्यातिएको समेत पाइएको छ ।

प्रतिवेदनमा लापरबाही गर्ने प्रहरीलाई कारबाहीको सिफारिससमेत गरिएको छ । जसअन्तर्गत सीआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा सरूवा गरिएको छ ।

यसैबीच तस्करीमा संलग्न रहनुभएका भनिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन आज पक्राउ पर्नुभएको छ ।

दिनरभका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–