४ असार २०८३, बिहिबार

गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाउनुभएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले प्रतिवेदन बुझाउँदै कार्यान्वयनका विषयमा परामर्श समेत गर्नुभएको छ ।

भेटमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर समेत सहभागी हुनुहुन्थो ।

आयोगले बिहीबार मात्रै गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरणमा मुछिएकाहरुलाई थप अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।