२६ असार २०८३, शुक्रबार

दुबई पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

तनहुँको बन्दीपुर नगरपालिका–५ घर भइ हाल काठमाडौंको मैतीदेवी बस्ने विष्णुबहादुर भण्डारीले राजकुमार कुमालबाट वैदेशिक रोजगारीको लागि दुबई पठाइदिने, र मासिक ७० हजार रुपैयाँ तलब दिलाई दिने भन्दै पटक–पटक गरी दुई लाख ५० हजार रुपैयाँ लिएका थिए ।

त्यसपछि उनी फरार भएका थिए । कुमालले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले भण्डारीले बिहीबार पक्राउ गरेको हो ।

उनलाई बत्तीसपुतलीबाट पक्राउ गरी थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।