२९ असार २०८३, सोमबार

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ ।

हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली टोली शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो ।

समूह चरणमा जित निकाले पनि फाइनलमा पीएनजीसँग स्तब्ध हुँदै उपाधि जित्न असफल भएको थियो ।

काठमाडौं आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गर्नुभएको थियो ।

आइसीसी टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी–२० खेल्ने छ । आयरल्याण्डको ए टिमसँग सिनियर टिमले २ वटा खेल खेल्दा अरु नेपालकै ‘ए’ टिमले ६ वटा म्याच खेल्ने जनाइएको छ ।