
काठमाडौं, २९ फागुन । सत्तारुढ चार दलका शीर्ष नेताबीच संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता भएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा राष्ट्रिय सभा अध्यक्ष निर्वाचन र प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लगायतको विषयमा छलफल भएको बताइएको छ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअघि भेटवार्ता भएको हो ।
आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदैछ भने प्रधानमन्त्रीले भोलि विश्वासको मत लिँदैहुनुहुन्छ ।








प्रतिक्रिया