१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्वीप

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

मंगलबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । सबै सांसदलाई बुधबार अनिवार्य सदनमा उपस्थिति भएर मत दिन रास्वपाले ह्वीप जारी गरेको हो ।

रास्वपा उपप्रधान तथा गृहमन्त्रीसहित चार मन्त्रालय लिएर नयाँ सत्ता समिकरणको दाहाल नेतृत्वको सरकारमा सामेल छ ।