२२ असार २०८३, सोमबार

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २९ फागुन । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्र्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र१–०२–०४०प ४४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्री वृद्धाको तीव्रगतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोही मोटरसाइकलकको ठक्करले ५८ वर्षीय गोविन्दबहादुर बोहोरा घाइते भएका छन् । उहाँको उपचार भइरहेको छ ।

मोटरसाइकल चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।