
दाङ, २९ फागुन । मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा एक जना घाइते भएका छन् ।
दाङको घोराही (लमही सडक खण्डअन्तर्गत) कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजे बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा कार चालक ललितपुर महानगरपालिका-१५ बस्ने ४२ वर्षीय उज्ज्वल केसी घाइते भएका छन् । कार अनियन्त्रित भएर पुलबाट खसेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार चालक केसीको निधार र छातीमा चोट लागेको छ ।
घाइते केसीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । कारमा केसी एक्लै रहेको प्रहरीले जनाएको छ ।
मापसे गरेर कार चलाउँदा दुर्घटना भएको र मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया