
मकवानपुर, २९ फागुन । नेकपा (एमाले) थाहा नगरपालिका कमिटीको अध्यक्षमा सुरेन्द्रमान प्रधान सर्वसम्मत चयन हुनुभएको छ ।
सोमबार भएको एमाले थाहाको तेस्रो नगर अधिवेशनले प्रधानको नेतृत्वमा ६७ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा हेमकुमार थिङ, सचिवमा सुजन रायमाझी, उपसचिवहरुमा तुलसा विष्ट र सूर्यबहादुर दोङ चयन हुनुभएको छ ।








प्रतिक्रिया