२५ असार २०८३, बिहिबार

एमाले उदयपुरले नेता कार्यकर्तालाई पढाउँदै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २९ फागुन । नेकपा (एमाले) उदयपुरले मिसन ८४ लाई लक्षित गरी नेता कार्यकर्तालाई पढाउन सुरु गरेको छ ।

पछिल्लो राजनीतिक परिवेश, आगामी निर्वाचन, जनवर्गिय संगठन, जनप्रतिनिधि र पार्टी बीचका सम्बन्ध, विकास निर्माण, पार्टीका सिद्धान्त, जनताको बहुदलीय जनवाद लगायतका विषयमा एमालेले कार्यकर्तालाई प्रशिक्षित गराउन सुरु गरेको हो ।

पार्टी संगठन मजबुद बनाउँदै आगामी निर्वाचनमा सर्वश्रेष्ठ हासिल गर्न जिल्लाका आठ वटै स्थानीय तहका नेता कार्यकर्तालाई लक्षित गरी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी नेता र कार्यकर्तालाई विचार र दृष्टिकोणमा प्रष्ट, अब्बल संगठन, विकासमा नेतृत्वदायी भुमिका बनाउने पार्टीको लक्ष्य अनुरुप प्रशिक्षण सुरु गरेका हौ ।’

प्रशिक्षणमा विषयवस्तुको जानकारीसँगै मिसन ८४ लाई लक्षित गरी पार्टी भित्रका आन्तरिक द्धन्द्ध व्यवस्थापन, विकास निर्माणका विषयमा छलफल, जनप्रतिनिधि र कार्यकर्ता बीचको सम्बन्धमा सुमधुरता कायम गर्नसमेत समन्वयात्मक भुमिका निर्वाह गरिएको अध्यक्ष घिमिरेले बताउनुयो । उहाँका अनुसार हालसम्म बेलका, चौदण्डिगढी, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिकामा प्रशिक्षण सकिएको र बाँकी पालिकामा जिल्ला अधिवेशन अगाडी नै सक्ने गरी तयारी गरिएको छ ।

प्रशिक्षण कार्यक्रमअन्तर्गत सोमबार रौतामाई गाउँपालिका कमिटीले वडानं ६ रौतामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पालिका कमिटीका अध्यक्ष केशव राईले बताउनुभयो । कार्यक्रममा पार्टीका सम्बन्धित भुगोलका जिल्ला कमिटी, गाउँपालिका कमिटी, जनसंगठनका केन्द्र, प्रदेश र जिल्ला, पालिका कमिटीका नेताहरुको उपस्थिति रहेको उहाँले बताउनुभयो ।

एकदिने प्रशिक्षणको सहजिकरण पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज पर्शुमेघी गुरुङ, केन्द्रीय सदस्य तथा सबै पालिका इन्चार्ज अम्बिका थापा, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, उपसचिव भरतबहादुर थापाले गर्नुभएको थियो ।

पालिका कमिटीका सचिव ललित मगरका अनुसार पार्टीको दशौं महाधिवेशनबाट पारित प्रस्तावका विषयमा पोलिटब्युरो सदस्य गुरुङ, महिलाका मुद्दा, अवसर, चुनौती र आगामी कार्यभारका सवालमा केन्द्रीय सदस्य थापा, जनप्रतिनिधि र पार्टी बीचको सम्बन्धका विषयमा अध्यक्ष घिमिरे र पार्टी र जनवर्गिय संगठन बीचको सम्बन्धको विषयमा उपसचिव थापाले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा एक सय बढी नेता कार्यकर्ताको सहभागीता रहेको सचिव मगरले बताउनुभयो । पार्टी प्रशिक्षणले आगामी दिनमा पार्टी कार्यभारका विषयमा नेता कार्यकर्तालाई दिशानिर्देश गरेको जिल्ला कमिटी सचिवालय सदस्य तथा रौतामाई गाउँपालिका कमिटीका इन्चार्ज टामिन्द्र राईले बताउनुभयो ।