१३ असार २०८३, शनिबार

दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २९ फागुन । दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३९९८ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार दाङको लमही नगरपालिका–४ का ४० वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

साइकलमा यात्रा गरिरहेका पौडेललाई बसले ठक्कर दिएपछि उपचारका लागि लमही अस्पतालमा पुर्‍याइको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।