
काठमाडौं, २८ फागुन । ललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ ।
उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आज निधन भएको ललितपुर महानगरले जनाएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर १० मा ११ औं पटक स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका उहाँ सर्वाधिक १० पटक अध्यक्षमा निर्वाचित हुनुभएको जनप्रतिनिधि हुनुहुन्थो । वडामा उहाँ धेरै समय काम गर्ने रुचाइएका जनप्रतिनिधि हुनुहुन्थो ।
उहाँ २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । तर, ०७९ को स्थानीय चुनावमा स्वतन्त्र उठेका नरसिंह आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित हुनुभएको थियो ।








प्रतिक्रिया