२० असार २०८३, शनिबार

झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र एपिएफ भिड्दै

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एपिएफ

काठमाडौं, २८ फागुन ।  छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

खेल सोमबार अपरान्ह ३ बजे बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

यता, पहिलो सेमिफाइनलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई १—० गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपिएफ फाइनलमा पुगेको यो पहिलो पटक हो भने सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पहिलो पटक गोल्डकपमा सहभागी भएको हो ।

चर्च ब्वाइज युनाइटेड

चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सहभागीतामै फाइनलमा पुग्न सफल भएको छ ।

प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलाडीलाई जनही २५ हजार रुपैंयाँ विधागत पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।