२५ जेष्ठ २०८३, सोमबार

राष्ट्रिय सभा अध्यक्षका लागि आज मनोनयन दर्ता

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो ।

उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको लागि छुट्याइएको छ । उम्मेदवारको नामावली सोमबारै साढे १ बजे प्रकाशित हुनेछ ।

राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भइसकेको छ भने माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विपक्षमा रहेका दलहरूबीच सहकार्यको ढोका खुला राख्दै अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।