२७ असार २०८३, शनिबार

एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा विजयी

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागु्न । नेकपा (एमाले) गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी हुनुभएको छ ।

आइतबार नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार थापा २८० मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतम् प्रतिस्पर्धी कृष्ण नेपालीले २०५ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा मेनबहादुर अधिकारी २७० मतसहित निर्वाचित हुनुभयो । उपाध्यक्षका उम्मेदवारहरु कमल दानीले १२१ मत र कृष्ण काप्रीले ७१ मत मात्रै प्राप्त गर्नुभयो ।

सचिवमा काजीराम रोका ३५३ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, उपसचिवमा मनोज जोशी २६५ मतसहित निर्वाचित हुँदा विष्णु पन्तले ११४ मत प्राप्त गर्दा सन्जित श्रेष्ठले ६७ मत मात्रै प्राप्त गर्नुभयो ।

उपसचिव महिलामा शान्ति चापागाईँ ३२० मतसहित निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धी नानीमाया थापाले १५० मत मात्रै प्राप्त गर्नुभयो ।