७ श्रावण २०८३, बिहिबार

बुढासुब्बा गोल्ड कप ‘आइएमई पे’बाट टिकट काटेर हेर्न मिल्ने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । धरानमा भइरहेको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ ।

फागुन २६ शनिबारदेखि सुरु भएको बुढासुब्बा गोल्ड कप फुटबल २४ औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको आइएमई पेले जनाएको छ ।

चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधिभर आइएमई पेबाट टिकट काट्न मिल्ने छ । यस पटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।