
काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बसेको माओवादी पदाधिकारी बैठकले पार्टी अध्यक्षसमेत रहनुभएका प्रचण्डका भाइ नारायणलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उहाँ यसअघि रामनारायण बिडारीको अवकाशपछि रिक्त भएको स्थानमा राष्ट्रिय सभाको सदस्य मनोनित हुनुभएको थियो । उहाँको कार्यकाल चार वर्षको रहेको छ ।
राष्ट्रिय सभाको निर्वाचन फागुन २९ का लागि तोकिएको छ । उम्मेदवारी मनोनयन दर्ता भने सोमबारका लागि तोकिएको छ ।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।








प्रतिक्रिया