२३ असार २०८३, मंगलबार

जसपा दुई मन्त्रालयसहित सरकारमा, उपेन्द्रले लिए उपप्रधानसहित स्वास्थ्यमन्त्रीको शपथ

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आइतबार सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागि भएको हो । जसअनुसार अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नबलकिशोर साह वन मन्त्री बनेका बन्नुभएको छ ।

दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

यससँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।