२५ असार २०८३, बिहिबार

जसपाबाट अध्यक्ष यादव र साह मन्त्री बन्दै, शपथग्रहण ११ बजे

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह मन्त्री बन्दै हुनुहुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र साहलाई वन तथा वातावरण मन्त्री नियुक्त गर्दैहुनुहुन्छ । जसपाबाटै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैहुनुहुन्छ ।

यादव र साहले बिहान ११ बजे शितलनिवासमा मन्त्रीको शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

यसअघि नै सत्ता गठबन्धनको एक घटकका रुपमा रहेको जसपाले प्रधानमन्त्री दाहाललाई कांग्रेससँग गठबन्धन तोड्दादेखि नै साथ दिएको थियो । तर, मन्त्रिपरिषद् विस्तारमा भने पार्टीभित्रको विवादका कारण नाम पठाउन सकिरहेको थिएन ।

आफूले चाहेको मन्त्रालय पाउने भएपछि अध्यक्ष यादव आफै सरकारमा सहभागी हुनुभएको छ । यसअघि कांग्रेससँगको गठबन्धन सरकारमा पनि मन्त्री बन्न चाहेका यादव उपप्रधानमन्त्री बन्न नपाउने भएपछि सरकारमा जानुभएको थिएन ।