२७ असार २०८३, शनिबार

त्रिकोणात्मक श्रृङ्खला : आज नेपाल र हङकङ भिड्दै

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । हङकङ, पपुवा न्युगिनी समिलित त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेल आज घरेलु टोली हङकङसँग खेल्दै छ । खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ भने मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङमा आजबाट सुरु हुने सिरिजमा सहभागीता जनाएको हो ।

बिहीबार हङकङ पुगेको नेपाली टोलीले सिरिज सुरु अगावै शनिबार घरेलु टोली हङकङसँग मैत्रिपूर्ण खेल खेलेको थियो । जसमा नेपाल ७३ रनले पराजित भएको छ ।

बिहीबार हङकङ गएको नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।