३० असार २०८३, मंगलबार

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन हुनुभएको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गर्नुभएको हो ।

कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेता मनोनयन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभएको छ ।