
काठमाडौं, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय अनुशासन आयोगले उपत्यका विशेष प्रदेश कमिटी र बागमती प्रदेश कमिटीका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सबै प्रदेश कमिटीका लागि अनुगमन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने आयोगको निर्णयबमोजिम दुई प्रदेश कमिटीका प्रशिक्षण सम्पन्न भएको हो ।

प्रशिक्षणमा आयोगका अध्यक्ष केशवप्रसाद बडालले पार्टी, संगठन, अनुशासन र नेतृत्व विषयमा र आयोगका सचिव प्रा.डा. भरत पहारीले अनुशासन र आचारसंहिता विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणमा सहभागीहरूले व्यक्तिगत तथा सम्पत्ति विवरण अद्यावधिक गराउनका साथै पार्टीको नीति, सिद्धान्त, विधान र निर्णय कार्यान्वयन गराउन आग्रह गर्नुभएको थियो ।









प्रतिक्रिया