२१ असार २०८३, आइतबार

नेपाल हङकङसँग ७३ रनले पराजित

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । मैत्रीपूर्ण टी–२० आईको खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ ।

हङकङले दिएको दुई सय २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए । त्यस्तै, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रनको योगदान दिए ।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर आकाश चन्द्रले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, रसिद खान, प्रतिश जिसी र आरिफ शेखले एक–एक विकेट लिए ।