
काठमाडौं, २६ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नयाँ गठबन्धन बनेपछि जनतामा आशा जगाएको बताउनुभएको छ ।
शनिबार एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चको १२औं सम्मेलनको उद्घाटन गर्नुहुँदै उपाध्यक्ष पाण्डेले देशका आर्थिक लगायतका मुद्दामा सरकारको हेरफेरले आशा जगाएको बताउनुभएको हो ।
नयाँ सरकार बनेपछि अब पालो आयो भनेर उत्साहित भएर बस्न नहुने भन्दै उहाँले चुनौतीलाई सामना गर्न क्षमता विकास गर्दै जानुपर्ने बताउनुभयो ।
उहाँले नयाँ बनेको गठबन्धनलाई बाँकी ४ वर्ष टिकाउँदै नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्ने दायित्व अब एमालेको काँधमा रहेको पनि बताउनुभयो ।









प्रतिक्रिया