३० असार २०८३, मंगलबार

एमाले हेटौंडा–८ को मनमोहन स्मृति भवन उद्घाटन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २६ फागुन । नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमिटीले कमानेमा निर्माण गरेको मनमोहन स्मृति भवन आज उद्घाटन गरिएको छ ।

कुल २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनको एमाले बागमती प्रदेश कमिटीका सदस्य गोपालबहादुर श्रेष्ठले उद्घाटन गर्नुभयो ।

वडा कमिटीले सहयोग संकलन गरेर पार्टी वडा कार्यालय भवन निर्माण गरेको हो । पार्टी वडा कार्यालय भवनमा एउटा हल, कार्यालय कोठा र शोचालय रहेको छ ।

एमाले जिल्ला कमिटीका सदस्य तथा भवन निर्माण समितिका संयोजक कुमार केसीले भवन निर्माण कसरी भयो, को कसबाट सहयोग आएको र भवन निर्माण गर्दा आएका समस्याको बारेमा कार्यक्रममा जानकारी गराउनुभएको थियो ।

उहाँले पार्टी संगठित सदस्य, साधारण सदस्यहरु तथा शुभचिन्तकहरुको सहयोगमा भवन निर्माण भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, पार्टी कार्यालय सचिव राजन थापा, जिल्ला सदस्यहरू यशोदाकुमारी उप्रेती, सानु लामा, दीपक खड्का, नरेन्द्र भण्डारी, आरती पाठकलगायतको उपस्थिति रहेको थियो ।