
काठमाडौं, २६ फागुन । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बाम लोकतान्त्रिक गठबन्धनको सरकारलाई स्वागत र समर्थन रहेको बताउनुभएको छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा तथा नेकपा एससहितको नयाँ बनेको गठबन्धनको सरकारलाई उहाँले शुभकामना दिनुभएको हो ।
‘हाम्रो देशमा एक वर्षअघि बनेको गठबन्धनको सरकार टुटेको छ र बामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा यही २१ फागुनमा नयाँ बाम–लोकतान्त्रिक गठबन्धनको सरकारले आकार लिएको छ । यो नेपालको समकालीन राजनीतिक परिस्थितिमा आएको एउटा महत्त्वपूर्ण सकारात्मक परिवर्तन हो । यो नयाँ सरकारलाई सर्वप्रथम हाम्रो पार्टीको तर्फबाट म हार्दिक स्वागत र समर्थन गर्दछु ।’ उहाँले भन्नुभएको छ ।
नयाँ समीकरणको सरकारलाई शुभकामना दिनुहुँदै उहाँले नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट नभएको बताउनुभयो । उहाँले बाम लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु सकारात्मक भएकोसमेत बताउनुभयो ।










प्रतिक्रिया