७ असार २०८३, आइतबार

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबारभित्र माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुने छ ।

२१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालिन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समिकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ ।

प्रधानमन्त्री दाहाल जतिसक्दो छिटो प्रतिनिधिसभाबाट (सोमबारको बैठकमा) विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । सोही बारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ ।