२२ असार २०८३, सोमबार

चितवनमा भएको सवारी दुर्घटनामा वीरगञ्जका एक पुरुषको मृत्यु

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २६ फागुन । चितवनमा भएको सवारी दुर्घटनामा वीरगञ्जका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४० वर्षीय अमरदेव महतो रहेका छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ प्रेमबस्तीस्थित सडकमा बिहीबार राति पौने १२ बजेतिर नम्बर नखुलेको बोलेरो गाडीले ना.१७ प ७३१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महतोको मृत्यु भएको हो ।

वीरगञ्ज-३ छपकैयाका स्थानीवासी महतो भरतपुरको प्रेमबस्तीमा डेरा गरी बस्दै आएका थिए । उनले घर बनाउने मिस्त्रीको काम गर्ने गर्थे ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान डेढ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।