२२ असार २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश सरकारमा थपिए तीन मन्त्री

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री शाहले शुक्रबार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला, खुशीराम चौधरी विना विभागीय मन्त्री र इन्दिरा गिरीले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार राति प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह नेकपा (माओवादी केन्द्र)ले साथ छोडेसँगै अल्पमतमा पर्नुभएको छ ।