२९ जेष्ठ २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS ; सजग रहन मन्त्रीहरूलाई ओलीको निर्देशन, कम्परमाइज् नहुने गृहमन्त्रीको स्पष्टोक्ति

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,। २५ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट मन्त्री बन्नुभएकाहरूलाई अलग्गै निर्देशन दिनुभएको छ । मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर ओलीले निर्देशन दिनुभएको हो ।

करिब एक घण्टा निवासमा राखेर ओलीले मन्त्रीहरुलाई भने,‘फसाइदेलान् होस् गर्नु । सरकारलाई जसरी पनि सफल पार्नुपर्ने हाम्रो दायित्व हो । सरकारलाई सफल पार्न सकिएन भने एमाले पनि असफल हुन्छ, देश पनि असफल हुन्छ ।’

अध्यक्ष ओलीले वर्तमान राजनीति चुनौतीपूर्ण रहेको भन्दै सरकारको सफलताले मात्र चुनौती सामना गर्न सम्भव रहने स्पष्ट पार्नुभयो । ओलीले भन्नुभयो, ‘राजनीतिमा उतारचढाव भइरहन्छ, प्रचण्डजी तथा माओवादीसँग हिजो हाम्रो द्धन्द्धात्मक सम्बन्ध थियो तर आज पार्टी बेग्लै भएपनि हामी एक भएका छौं । प्रचण्डजी र सरकारको सफलता नै हाम्रो सफलता भएको हो । हाम्रो सफलता नै प्रचण्डजीहरुको सफलता हो ।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–