
धनगढी, २५ फागुन । सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्खयौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्वकर्नेल (रिटार्यड)को मृत्यु भएको छ।
काठमाडौंमा बस्दै आउनुभएका पूर्वकर्नेल सुवर्ण विष्टको आज मृत्यु भएको हो । विष्टको हृदयाघात भएर मृत्यु भएको बताइएको छ । उहाँ बिहान आफैं गाडी चलाएर अस्पताल जानुभएको थियो ।
उहाँ नेपाली सेनाको सुदूरपश्चिमबाट पाइलट हुने पुराना पाँच जनामध्ये एक हुनुहुन्थो । उहाँ नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी (फूल कर्णेल) हुनुहुन्थो ।
उहाँको आज राति पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।








प्रतिक्रिया