
काठमाडौं, २५ फागुन । नेकपा (एमाले)ले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ ।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी उहाँले वैशाख १० गते पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने बताउनुभयो । ‘हामीले पार्टी स्थापनाको ७५ औं वर्षगाँठ अवसरमा विशेष कार्यक्रम गर्ने योजना बनाएका थियौं । वैशाख १० गते विशेष कार्यक्रम गर्ने निर्णय गरिसकेका छौं । त्यो कार्यक्रममा देशभरका अगुवा कार्यकर्ता सहभागी गराउँछौं ।’ उहाँले भन्नुभयो ।









प्रतिक्रिया