२८ असार २०८३, आइतबार

भक्तपुरमा श्रीमान्‌को कुटपिटबाट महिलाको मृत्यु

11.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २५ फागुन । भक्तपुरमा श्रीमान्‌को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ः१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरु भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए ।

सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।