२८ असार २०८३, आइतबार

पशुपतिमा भक्तजनको घुँइचो (फोटोफिचर)

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । आज महाशिवरात्रि पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ ।

हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ ।

पशुपतिनाथमा बिहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार्थीले अहिले धमाधम दर्शन गरिरहेका छन् ।

शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आइपुगेका छन् । यसवर्ष २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।