१९ असार २०८३, शुक्रबार

संगठित पार्टी सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाउन जसपाको परिपत्र

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठित पार्टी सदस्यको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र गरेको छ ।

पार्टीको महाधिवेशनको तयारीमा रहेको जसपाले सदस्यहरुको विवरण पठाउन तल्ला तहका कमिटीलाई निर्देशन दिएको हो । फागुन २३ र २४ गते बसेको पार्टीको बैठकको निर्णयबमोजिम भन्दै केन्द्रीय कार्यालयले बिहीबार परिपत्र गरेको छ ।

विभिन्न पार्टी समिति तथा संगठनहरुबाट संगठित पार्टी सदस्य वितरण र नवीकरण सम्पन्न गरी विवरण पठाउन केही समयावधि थप गर्न माग भएबमोजिम पार्टीले निर्णय गरेको हो ।

समयावधिमा सदस्यताको विवरण नपठाएको खण्डमा महाधिवेशन प्रक्रियामा भागेदारी हुने सम्भावना नरहने व्यहोरा समेत जानकारी गराइएको छ । सदस्यहरुको रेकर्ड अद्यावधिक गर्नको लागि संगठित पार्टी सदस्यको विवरण (सफ्ट कपी) समेत उपलब्ध गराउन भनिएको छ ।